मन्त्र हस्पिटलमा २४ सै घण्टा आकस्मिक तथा अप्रेशन सेवा - Mantra Hospital Mahendranagar

मन्त्र हस्पिटलमा २४ सै घण्टा आकस्मिक तथा अप्रेशन सेवा

मन्त्र हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालीले २४ सै घण्टा सल्यक्रिया सेवा सुचारु गरेको छ । मन्त्र हस्पिटलका निर्देशक डा. गोविन्द रोकायाले दुरविन विधिबाट पित्त थैलीको पत्थरी, एपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिस्टुला, आन्द्रा बेरिएको र फुटेको, स्तन तथा शरीरका गाँठा गुठी आदिको २४ सै घन्टा सल्यक्रिया सेवा सुचारु गरेको बताए ।

डाक्टर रोकायाका अनुसार हस्पिटलले २४ सै घण्टा आकस्मिक सेवा, अप्रेशन सेवा, सघन उपचार आइसियु सेवा, भिडीयो एक्स–रे सेवा, एक्स–रे सेवा, फार्मेसी सेवा, प्रयोगशाला सेवा, इ.सी.जी. सेवा, फिजियोथेरापी सेवा, ईको सेवा, इन्डोस्कोपी, सेवा, ल्याप्रोस्कोपिक सेवा लगायतका सेवा दिइरहेको छ ।

पछिल्लो समय सुदूरपश्चिमका तराई क्षेत्रमा प्रतिस्पर्धात्मक रुपमा हस्पिटल खुल्ने क्रम बढ्दो छ । सुदूरपश्चिमको कैलाली जिल्लामा धेरै हस्पिटल खुलीरहेका भएपनी कञ्चनपुरमा भने थोरै संख्यामा हस्पिटल खुलेका छन । सेवाग्राहीहरुलाई स्वास्थ्य सेवा लिन टाढा जानुपर्ने समस्यालाई हटाउँन हस्पिटल सञ्चालनमा ल्याएको समेत हस्पिटलका निर्देशक डा. रोकायाले बताए ।

हस्पिटलमा दक्ष चिकित्सकबाट स्वास्थ्य उपचार सेवा सुचारु भएको भन्दै उनले बिभीन्न रोगबाट ग्रसीत बनेका नागरिकहरुलाई टाँढा जानुपर्ने बाध्यता हटाएर स्वास्थ्यउपचार सेवा लिन आग्रह गरे ।